Tuesday, April 22, 2025

ब्राजिलको अमेजनमा वन फडाँनी बढ्दो

अमेजान– ब्राजिलको अमेजान रेनफरेस्टमा विनास बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन्।

१२ महिनाको अवधिमा २९.५ प्रतिशतले वन फडाँनी वृद्धि भएको बताइएको छ। सरकारी अध्ययनका अनुसार २००८ देखि वन फडाँनीको यो संख्या उच्च हो।

आइएनपीका अनुसार रेनफरेस्टमा अगष्ट २०१८ देखि जुलाई २०१९ सम्ममा ९ हजार ७ सय ६२ किलोमिटर क्षेत्रफल नष्ट भएको छ।

ब्राजिलका राष्ट्रपति जयेर बोल्सोनारोले विगतमा आइएनपीको तथ्यांकमाथि प्रश्न उठाएका थिए। वैज्ञानिकहरूले बोल्सोनारोले जनावरीबाट जिम्मेबारी सम्हालेपछि अमेजनको विनाशमा वृद्धि भएको आरोप लगाएका छन्।

राष्ट्रपतिले विकासको लागि संरक्षण प्रतित्याग गरेको उनीहरूको भनाइ छ। विश्वको सबैभन्दा ठूलो रेनफरेस्टको रूपमा अमेजन एक महत्वपूर्ण कार्बन स्टोर हो जसले ग्लोबल वार्मिंगको गति कम गर्दछ।

ब्राजिलको यस अघिको सरकारले वन विनास गर्नेलाई जरिवाना गर्ने गरेको थियो। तर बोल्सोनारो र उनको मन्त्रीमण्डलले वातावरणीय क्षति गर्ने विरुद्धको जरिवानाको विरोध गर्दै आएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार