Tuesday, April 22, 2025

कश्मीरको सियाचिन हिमपहिरोमा छ जनाको मृत्यु

कश्मीर– भारत प्रशासित कश्मीरमा रहेको सियाचिन हिमपहिरोमा परेर चारजना सिपाही र दुईजना भरियाको मृत्यु भएको छ। भारतीय सेनाका एक अधिकारीले सो पुष्टी गरेका हुन्।

आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब ५,८०० मिटरको उचाइमा गस्ती गर्दै गदाए उनीहरू हिमपहिरोमा परेको बीबीसीमा उल्लेख छ ।

पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान चलायो, उद्धार गरिएका सबैलाई हेलिकोप्टरबाट नजिकको अस्पताल पु-याइएको थियो । सबैको अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण मृत्यु भएको हो बताइएको छ।

सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुबैका सेनाले गस्ती गर्छन्। उक्त क्षेत्रको सार्वभौमिकतालाई लिएर विवाद छ।

सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको हो। त्यसबेला देखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको मृत्यु भएको छ।

सन् २०१६ को फेब्रुअरी महिनामा त्यही क्षेत्रमा रहेको सैन्य आधारमा हिमपहिरो जाँदा भारतीय सेनाका १० जनाको मृत्यु भएको थियो। जाडो याममा त्यहाँ हिमपहिरो र भूस्खलन सामान्य मानिन्छ किनकी त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्दछ।

ताजा समाचार

सम्बन्धित समाचार