Wednesday, April 23, 2025

बागलुङमा अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण

बागलुङ-  गलकोट नगरपालिका–३ हटिया बजारमा अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । जीपपार्क चोक नजीकै निर्मित शौचालय चारकोठे छ । गलकोट नगरपालिकाको रु सात लाख र गण्डकी प्रदेश सरकारको नौ लाख बजेटमा शौचालय बनेको हो ।
शौचालयमा ‘ह्विलचेयर’ लैजान मिल्ने ‘¥याम’, चौडा ढोका, फराकिलो शौचालय, समाउने ठाउँलगायत अपाङ्गतामैत्री संरचना बनाइएको छ । अपाङ्गता भएका व्यक्तिबाहेक अन्य पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै शौचालय कोठा छ ।

हटिया क्षेत्रमा बढ्दो बजारीकरणसँगै सार्वजनिक शौचालयको अभाव खट्किरहेको थियो । नगरभित्र आवश्यक पर्ने अन्य स्थानमा पनि सार्वजनिक शौचालय निर्माणको योजना छ । पछिल्लो समय भौतिक संरचनाहरु अपाङ्गतामैत्री बनाउने क्रम बढ्दो छ ।

विद्यालय, अस्पतालजस्ता क्षेत्रमा पनि अपाङ्गता भएको व्यक्तिको सहज पहुँच पुग्ने गरी संरचना बनाउनुपर्ने सरकारी नीति नै छ । भौतिकमात्र नभएर अन्य क्षेत्रमा पनि अपाङ्गता भएका व्यक्तिको सहज पहुँचको सुनिश्चितता हुनुपर्ने माग उठ्ने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार