Sunday, November 9, 2025

फास्ट ट्रयाक आयोजनालाई थप व्यवस्थित बनाइने

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारिएकोे बहुप्रतिक्षित काठमाडौँ–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) परियोजनालाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने भएको छ ।

द्रुतमार्ग  निर्माणको आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने भएको हो ।

राष्ट्रिय गौरवको उक्त आयोजना तोकिएको समय सिमाभित्र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न नेपाल सरकारको प्रचलित ऐन कानूनको परिधिभित्र रहि खरिद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने गहन जिम्मेवारीका साथ आयोजना प्रमुखको रुपमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्र्वहाली गरिएको सेनाले जनाएको छ ।

साथै उनी माथिको अनियमितताको समाचारका सम्बन्धमा गठित छानबिन समितिले प्राविधिक त्रुटी बाहेक कुनै पनि नियोजित त्रुटी नभएको निष्कर्ष निकालेको छ ।

यो पनि पढ्नुहोस्ः

काम शुरु भए लगत्तै द्रुतमार्गमा गडबडको उजुरी

साथै, प्रधानसेनापतिको आर्थिक अनियमिततामा शुन्य सहिष्णुताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले उक्त आयोजनामा संलग्न गैर सैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजना अन्र्तरगतका सेक्टर तथा कार्यदल वेशहरूलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको पारदर्शीपूर्वक छनौट तथा व्यवस्थापकीय पक्षहरूमा
विशेष जोड दिइएको सेनाले जनाएको छ ।

उक्त आयोजनाको नियमित निगरानी, मूल्यांकन तथा थप प्रभावकारी ब्यवस्थापनको लागि अत्याधुनिक प्रविधीहरु (ड्रोन समेत) को प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिइने योजना सेनाको छ ।

ताजा समाचार

सम्बन्धित समाचार