Wednesday, April 23, 2025

मध्यपहाडी लोकमार्ग समयमै सक्ने लक्ष्यसहित निर्माण अघि बढ्यो

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनामा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा विभिन्न समस्या देखिए पनि सडक निर्माण समयमा सम्पन्न गर्ने गरी अघि बढेको छ ।

गत आर्थिक वर्षमा सो लोकमार्गमा १५२ किलोमिटर सडक कालोपत्रे भएको थियो । चालू आवको पहिलो चौमासिकमा भने भैतिक प्रगति कम भएपनि ठेक्का प्रक्रिया अघि बढाउने काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ । निर्माण शुरु भएदेखि हालसम्म ३४४ किमी सडक कालोपत्रे भइसकेको छ भने ५८१ किमी सडकका लागि ठेक्का सम्झौता भएर निर्माण भइरहेको छ । चार सय ९२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी छ । अहिलेसम्म ६८ सडक पुल सम्पन्न भएको छ भने २४ पुल निर्माणाधीन छ ।

आयोजनाअन्तर्गत झण्डै ८७९ किमी सडक नयाँ ट्र्याक खोली निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकहरुलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।

सरकारले आव २०६९/७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकताका साथ अघि बढाएको हो । विसं २०६४/६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार