इटाली– इटालीको भेनिस शहरमा आएको बाढीका करिव ६ फिटसम्म पानी जमेकाले सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ।
बाढीका कारण उक्त शहरमा विद्युत कटौती भएको छ। विश्व सम्पदा सूचिमा रहेका महत्वपूर्ण स्थानहरुमा पनि बाढीले प्रभावित पारेको बताइएको छ। कतिपय ऐतिहासिक संग्रहालयहरु बन्द गराइएको सरकारी अधिकारीहरूले जनाएका छन्।
भेनिस शहर इटालीको उत्तरपूर्वी तटमा पर्ने एक ल्यागुनभित्र एक सय भन्दा बढी टापुहरु मिलेर बनेको छ।