Saturday, December 21, 2024

प्रदूषणका कारण तेहरानका विद्यालय बन्द

इरान– वायु प्रदूषणको अवस्था उच्च भएपछि इरानको राजधानी तेहरानका विद्यालयहरू बन्द गर्न बुधबार निर्देशन दिइएको छ।

प्रदूषणले असर पार्ने भएकाले विद्यालयहरू बन्द गर्न निर्देशन दिइएको अधिकारीहरूले जनाएका छन्। राजधानी तेहरानसँगै घार्चक, पिश्भा र वारामिनलगायतका शहरका विद्यालयहरु पनि बन्द भएका छन्।

बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र रोगी मानिसलाई यस्तो प्रदूषणले बढी असर गर्ने भएकाले सकेसम्म घर बाहिर कम मात्रै निस्कन विज्ञहरुले सुझाव दिएका छन्।

प्रदूषणका कारण उत्पन्न बाक्लो हुस्सुले तेहरानलाई मङ्गलबार ढाकेपछि बुधबार बिहानैदेखि निकै काम मात्र विद्यालय बस सञ्चालन भएका थिए।

इरानमा प्रदूषणकै कारण उत्पन्न अनेक समस्या र रोग लागेर हरेक वर्ष ३० हजार इरानी नागरिकको मृत्यु हुनेगरेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

हरेक वर्षको हिउँदयाममा तेहरानमा प्रदूषणका कारण उत्पन्न हुने असरहरू बढी देखिने गरेको पाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार