काठमाडौँ– रेन्जरहरूको नवौं सम्मेलन चितवन निकुञ्जको सौराहामा शुरु भएको छ ।
पाँचदिने सम्मेलन आज मंगलबारदेखि शुरु भएको हो । सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् ।
सम्मेलनमा भाग लिन ७१ देशका ५ सय ५० संरक्षणकर्मी चितवनमा भेला भएका छन् । नेपालबाट करिब सयजना रेन्जर, वन्यजन्तु संरक्षण र अनुसन्धानमा काम गर्ने कर्मचारीको सहभागिता रहेको बताइएको छ ।
सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा विज्ञहरूले आआफ्ना मुलुकका उदाहरण प्रस्तुत गर्ने आयोजकको भनाइ छ ।
हरेक तीन वर्षमा हुने यो सम्मेलन अन्तर्राष्ट्रिय रेन्जर महासंघ (आईआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा एसियामा पहिलो पटक भएको हो । आठौं सम्मेलन अमेरिकाको कोलोराडोमा भएको थियो ।