Friday, April 25, 2025

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा– वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपलिका– २० बस्ने ४० वर्षीय देवानन्द गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वन मुद्दामा जिल्ला अदालत बाराको २०५९ पुस २३ गतेको फैसलाले ६ महिना कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

गिरीलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार