Friday, April 25, 2025

सार्वजनिक सवारीमा डस्टबिन अनिवार्य

काठमाडौँ– सार्वजनिक सवारी साधनमा अनिवार्य रुपले डस्टबिन राख्नुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले व्यवसायीसँगको छलफलपछि विभागले सो निर्णय गरेको हो ।

सवारीबाट फोहोर फाल्ने कार्यलाई निरुत्साहित गर्न चालक, सहचालकमार्फमत सचेतना फैलाउने विभागले जनाएको छ । ६–६ महिनामा सवारीको प्राविधिक जाँचपास गर्दा डस्टविन रहेको वा नरहेको पनि हेरिने विभागले जनाएको छ ।

यो नियमको उल्लंघन गर्नेलाई ५०० देखि पाँच हजारसम्म जरिवाना र तीन महिनासम्म कैद गर्न सकिने विभागले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार