Friday, April 25, 2025

बुलबुल आँधी: भारत र बांग्लादेशका लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

बांग्लादेश– बुलबुल समुद्री आँधी बङ्गालको खाडीमा आइपुग्दा भारत र बांग्लादेशका बीस लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

उक्त आँधीले शनिवार मध्यरातमा भारतको सागर टापु नजिकै पश्चिम बङ्गालको जमिनलाई छोएको थियो । यसले समुन्द्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको छ। आँधीका कारण दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

पश्चिम बङ्गाल क्षेत्रका थुप्रै समुद्री बन्दरगाह र विमानस्थलहरूको सेवा अवरूद्ध भएको छ। जसमा व्यस्त कोलकाता विमानस्थल समेत छ।

बांग्लादेशको दुई ठूला समुद्री बन्दरगाहहरू मोङ्ला र चित्तगङलाई बन्द गरिएको छ भने चित्तगङ विमानस्थलमा उडानहरू रद्द गरिएका छन्।

मौसम पूर्वानुमान अधिकारीहरूले उक्त आँधी उत्तरतर्फ बढ्दै जानेक्रममा बिस्तारै कमजोर हुने बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार