Friday, April 25, 2025

वातावरण प्रदूषण गर्ने २६ उद्योग कारवाहीमा

काठमाडौँ– सरकारले तोकेको मापदण्ड विपरीत धुलो, धुवाँ र अन्य प्रदूषण उत्पादन गर्ने २६ उद्योगलाई वातावरण विभागले कारवाही गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा विभागले वातावरण संरक्षण ऐन (पहिलो संशोधन) २०५३ को दफा १८ को उपदफा (२) बमोजिम २६ उद्योगलाई कारवाही गरेको हो । मापदण्ड विपरीत प्रदूषण फैलाउनेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार हदैसम्मको जरिवाना गरिएको विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार कारवाहीमा पर्नेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु), नेपाल आँख अस्पताल (त्रिपुरेश्वर), परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई ४० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यसैगरी नर्भिक ईन्टरनेशनल हस्पिताल (माईतिघर), काठमाडौँ मेडिकल कलेज पब्लिक लि, गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर (ललितपुर), किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल (ललितपुर), के पी सिमेन्ट ईण्डष्ट्रिज (धादिङ) र बाबा भेजिटेबल आयल ईण्डष्ट्रिज (मोरङ) पनि कारवाहीमा परेको विभागले जनाएको छ ।

यसैगरी, रिलायन्स स्पिनिङ मिल्स लि (सुनसरी), यति डिस्टिलरी (चितवन), क्वालिटि थाई फुड्स (मोरङ), चण्डिका डिष्टिलरी (मोरङ), नोबल हस्पिटल (काठमाडौंँ), प्रिमियर वायर्स (मोरङ), घोराही सिमेन्ट ईण्डष्ट्रिज (दाङ), काठमाडौँ भ्याली अस्पताल (सुन्धारा), अल्का अस्पताल (जावालाखेल), ओम प्लाईउड ईण्डष्ट्रिज (बाँके), चितवन मेडिकल कलेज शिक्षण अस्पताल (चितवन), प्रगति टेक्सटाईल ईण्डष्ट्रिज (सुनसरी), क्वालिटि ग्रिट एण्ड क्रसर उद्योग (तनहुँ), खनाल ग्रिट बालुवा, एभरेष्ट हस्पिटल (नयाँ बानेश्वर) र एसियन थाई फुड्स (सुनसरी) ९० हजार जरिवानमा परेका छन् ।

यस्तै वातावरण प्रदूषण गराएबापत वातावरण संरक्षण ऐनअनुसार आयुर्वेदिक चिकित्सालय नरदेवी (काठमाडौँ) २५ हजार जरिवानमा परेको विभागले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार