Friday, April 25, 2025

विपद् व्यवस्थापनमा अमेरिकाको सहयोग जारी

काठमाडौँ– नेपाल भ्रमणमा रहेका अमेरिकी सहयोग नियोग ९युएसएआइडी०का एशिया ब्यूरो, सहायक प्रशासक ग्लोरिया डी स्टीले आज गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको उक्त भेटमा नेपालको विभिन्न क्षेत्रमा युएसआइडीले गर्दै आएको सहयोग, आगामी दिनमा आवश्यक सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुनःनिर्माणलगायत क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगका लागि स्टीसँग आग्रह गरे । गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया शुरु गरी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरीसकेको मन्त्री थापाले जानकारी दिए ।

भेटवार्तामा सहायक प्रशासक स्टीले नेपाल–अमेरिका सम्बन्धको चर्चा गर्दै नेपाललाई युएसआइडीले सहयोगको प्राथमिकतामा राखेको जानकारी दिए । उनले नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने र नेपालको अपेक्षाअनुसार थप सहयोग विस्तार गर्न आफूहरु तयार रहेको बताए । सहायक प्रशासक स्टीले विपद् व्यवस्थापन प्राधिकरण गठन अन्तिम चरणमा पुगेको जानकारी पाउँदा आफूलाई खुशी लागेको बताए । प्राधिकरणलाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो । भेटवार्तामा नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी बेरी पनि सहभागी थिए । रासस

ताजा समाचार

सम्बन्धित समाचार