नेपालगञ्ज– नेपालगञ्जको वातावरण संरक्षणका लागि आफू प्रतिबद्ध भएर लागेको शहरी बिकास मन्त्री मोहमद ईस्तीयाक राईले बताएका छन् । वातावरण स्वच्छ हुन पहिले रुख चाहिने भएकाले वातावरण स्वच्छ बनाउन मन्त्रालयले १० हजार विरुवा लगाउने लक्ष्य सार्वजनिक गरेको बताए ।
नेपालगञ्जको अन्तरक्रियामा बोल्दै मन्त्री राईले पत्रकार महिलाहरूले सोधेको प्रश्नको जवाफ दिदैं उक्त कुरा बताएका हुन् । ध्वनी प्रदुषण र बढ्दो सहरीकरणका कारण दिनप्रतिदिन नेपालगञ्जको वातावरण बिग्रदै गइरहेकाले वातावरण संरक्षणका लागि नेपालगञ्जमा शो प्लान्ट जातको विरुवा लगाउने आफ्नो लक्ष्य अनुरुप केहि स्थानमा उक्त विरुवा लगाईए पनि नेपालगन्ज नगरपालिकाले फूलको विरुवा लगाउने काम गरेको प्रति दुःख व्यक्त गरे ।
एसियाली विकास बैंकको ऋण सहयोगमा मन्त्रालयले थप ३४ प्रतिशत रकम थप गरी नेपालगन्जलाई वृक्षारोपणको रकम दिएको मन्त्री राईले बताउँदै नेपालगन्ज उपमहानरपालिकाले टेण्डर गरी विरुवा लगाएको बताए । नेपालगञ्जलाई सुन्दर र वातावरणमैत्री बनाउन सबै स्थानमा विरुवा रोप्ने कार्यको आफूले थालनी गरेको बताए ।
त्यस्तै मन्त्री राईले विगतको तुलनामा अहिले ध्वनी प्रदुषण केहि कमी भएको बताउँदै उनले मस्जीतहरूमा होस् वा विहे पार्टीमा डिजे नलगाउन पाउने विषयमा स्थानीय प्रशासनसँग केहि समय अघि छलफल भएको बताए । “मैरै घरमा केहि दिन अघि बिहे थियो । मैले डिजे लगाईन्,” मन्त्री राईले भने, “कतै त्यस्तो भईरहेको छ भने पत्रकारहरुले पनि लेख्न पर्यो । ”
मन्त्री राईले पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै क्रियासील पत्रकार महिला बाँकेका अध्यक्ष अमृता के सीले सद्भावका सहरका रुपमा चिनिने नेपालगञ्जमा ध्वनी प्रदुर्षण अत्याधिक रहेकोले त्यसको न्यूनिकरणका लागि मन्त्री राईले भूमिका खेल्नुपर्ने बताईन् । उनले विकास निर्माणका कार्य गर्दा वातावरणमैत्री प्रविधि अपनाई दिगो विकासका लक्ष्यहरु अबलम्ब गर्न सुझाव समेत दिएकी थिईन् ।
सोहि कार्यक्रममा बोल्दै पत्रकार बिमला चौधरीले विकास निर्माणका रिर्पोटींगमा पुरुष पत्रकारहरूको हालिमूहाली रहने तर पत्रकार महिलाहरूलाई खबर नै नहुने गरेको गुनासो व्यक्त गरिन् ।
सञ्चारिका समूह बाँकेकी अध्यक्ष रुपा गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु लगाएत दुई दर्जन पत्रकार महिलाहरुको सहभागीता रहेको थियो ।