काठमाडौँ– खोला किनारमा हड्डी जलाएर वातावरण प्रदूषण गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
भारतको दिल्ली घर भई अहिले सुनाकोठी बस्ने २८ वर्षीय शाजिद मुस्लिम, १९ वर्षका फेसल मुस्लिम र ४८ वर्षीय राजेश शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
वातावरण प्रदूषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेर थप अनुसन्धानका लागि ललितपुर महानगर पठाइएको बताइएको छ । उनीहरूलाई वातावरण प्रदुषण ऐनअनुसार कारवाही गरिने जनाइएको छ ।
साथै केही दिनदेखि एकान्तकुना, पाटन, नख्खिपोट, बानेश्वर र भक्तपुरमा धुँवाको गन्ध बधशालाबाट ल्याएका हड्डी र छाला जलाएको धुँवा भएको प्रहरीले जनाएको छ ।