Friday, August 15, 2025

अमेरिकाले शुरु गर्‍यो पेरिस सम्झौताबाट बाहिरिने प्रक्रिया

अमेरिका– संयुक्त राज्य अमेरिकाले पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट हट्ने निर्णय गरेको छ।

अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ।

सम्झौताले अमेरिकालाई अनावश्यक आर्थिक भार पर्ने भन्दै पेरिस सहमतिबाट बाहिरिन चाहेको बताइएकोे छ।

उक्त सम्झौतामार्फत विश्वका एक सय ८८ राष्ट्र जालवायू परिवर्तनका मुद्धामा एक भएर अघि बढ्ने प्रतिवद्धतासहित गोलवद्ध भएका थिए।

पेरिस सम्झौताले अमेरिका र अन्य १८७ देशलाई बढ्दो विश्वव्यापी तापमान नियन्त्रणका लागि प्रतिवद्धता जनाएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार