Saturday, April 26, 2025

क्यालिफोर्निया आगो: राष्ट्रपति ट्रम्पले दिए बजेट कटौतीको चेतावनी

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको जंगलमा भएको आगलागीलाई लिएर संघीय सरकारलाई दिने गरेको बजेटमा कटौती गर्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै रकम कटौती गर्ने बताएका हुन्।

आगजनीको जिम्मेवारी स्थानीय गभर्नरले बहन गर्नुपर्ने बताउदै ट्रम्पले वन व्यवस्थापन सही तरिकाले नगरेका कारण आगजनी भएको आरोप लगाएका छन्।

केही सातादेखि भइरहेको आगजनीका कारण एक लाख हेक्टर जमीन नष्ट भइसकेको छ भने हजारौं मानिस बिस्थापित भएका छन्।

साथै उनले लापरवाहीकै कारण वर्षेनी क्यालिफोर्नियाको जंगलमा आगलागी हुने गरेको र वर्षेनी क्षति व्यहोर्नु दुखद घटना भएको भन्दै सावधानी अपनाउन चेतावनी समेत दिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार