Sunday, April 27, 2025

विषाक्त हावाको प्रभाव कम गर्न दिल्लीमा जोरबिजोर प्रणाली

भारत– भारतको राजधानी नयाँ दिल्लीमा आज सोमबारबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएको छ ।

विषाक्त हावाको प्रभाव कम गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको हो । विषाक्त हावाको प्रभाव बढ्दै गएपछि सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कन अनुरोध गरेको छ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले सहरवासीहरूलाई बिहान र साँझको समयमा घर बाहिर गरिने काम नगर्न अनुरोध गरेका छन्। दिल्लीमा विद्यालयहरू बन्द गरिएको छ।

प्रदूषणका कारण हालसम्म ३० वटा विमानलाई दिल्लीमा अवतरण गर्न नदिएर अन्यत्र पठाइएको छ। त्यस्तै निर्माणका काम पनि ठप्प भएका छन्।

अधिकारीहरूका अनुसार दिल्लीको प्रदूषणको स्तर चीनको राजधानी बेइजिङभन्दा सात गुणा बढी भएको बीबीसीले जनाएको छ । गत शुक्रवार मात्रै सरकारले विद्यालयहरूमा ५० लाख मास्क वितरण गरेको थियो।

यो पनि पढ्नुहोस्:

दिल्लीमा प्रदूषणले खत्तराको तह पार गर्‍यो, विद्यालय बन्द

प्रदूषण घटेको छैन, घट्दैन, समयमै गम्भीर नबने झन् बढ्छ

यि हुन सबैभन्दा वढी प्रदूषणको मार खेपेका १५ मुलुक

दिल्ली प्रदूषणको असर काठमाडौँसम्मः धुलोका कणहरू बढे, भिजिबिलिटी कम भयो

 

ताजा समाचार

सम्बन्धित समाचार