Sunday, April 27, 2025

एशियाली मुलुकले कोइलासँगको निर्भरता त्याग्नुपर्छः महासचिव गुटेरस

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले जलवायु परिवर्तनको समस्यासँग जुझ्नका लागि एशियाले कोइलासँगको आफ्नो निर्भरता त्याग्नुपर्ने बताएका छन्।

एशियाली मुलुक भारत, चीन, बांग्लादेश र जापानको उर्जाको मुख्य श्रोत नै कोइला हो।

गुटेरसले एशिया क्षेत्र विश्वव्यापी तापमान वृद्धिको सबैभन्दा खतरामा रहेको र त्यसलाई रोक्ने प्रयासमा एशिया ’अग्रमोर्चा’ मा हुनुपर्ने बताएका हुन्।

गत मङ्गलवार प्रकाशित एउटा अध्ययनले जलवायु परिवर्तनका कारण हुने समुद्री बाढीले सन् २०५० सम्ममा लाखौँ मानिसको ज्यान खतरामा पार्ने देखाएको थियो जुन यसअघिको अध्ययनले देखाएको भन्दा बढी रहेको बीबीसीले जनाएको छ ।

गुटेरसले उक्त अध्ययनलाई उद्धृत गर्दै एशियाली मुलुकहरूलाई चेतावनी दिएका हुन्। उक्त अध्ययनले त्यस्तो खतरा एशियाभरका विकासशील देशमा धेरै रहेको देखाएको थियो।

एशियामा कोइलाबाट चल्ने धेरै उर्जा संयन्त्रको योजना भइरहेको र उक्त कार्य रोक्न आवश्यक रहको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार