Sunday, April 27, 2025

दिल्लीमा प्रदूषणले खत्तराको तह पार गर्‍यो, विद्यालय बन्द

भारत– भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण उच्च तहमा पुगेको छ। त्यहाँको एक अदालतले दिल्ली र आसपासका क्षेत्रमा पब्लिक हेल्थ इमरजेन्सीको घोषणा गरेको छ भने विद्यालयहरू नोभेम्बर ५ सम्मका लागि बन्द गरिएको छ।

सरकारी अधिकारीहरूले प्रदूषणको तह निकै खत्तरा भन्दा माथि पुगेको जानकारी दिएका छन्। अदालतले सार्वजनिक स्थानमा आगो बाल्न रोक लगाएको छ भने संरचना निर्माण कार्य समेत रोक्न भनिएको छ। यसले विशेषगरी बालबालिकाको स्वास्थ्यमा असर गर्ने बताइएको छ । हरेक वर्ष दिवालीपछि दिल्लीमा अत्याधिक प्रदूषण हुने गर्दछ।

ताजा समाचार

सम्बन्धित समाचार