Sunday, April 27, 2025

मन्त्री मगरको निर्देशनमा केयुकेएले गर्‍यो खानेपानी चुहावटको मर्मत

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यका भित्रका मुख्य ठाउँहरूमा पुराना पाइपहरूबाट भईरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको छ।

खानेपानी मन्त्री बिना मगरको निर्देशनमा केयुकेएलको खानेपानी चुहावट मर्मतको कामलाई तीव्रता दिई सम्पन्न गरेको हो।

नौ दिनको अवधिमा उपत्यकाका विभिन्न ठाउँहरूको १ सय ५० वटा चुहावट (लिकेज) मर्मत कार्य सम्पन्न भएको बताइएको छ।

केयुकेएलले गैरीगाउँ, बालाजु, नयाँबजार, सोह्रखुट्टे, नक्साल, त्रिपुरेश्वर, टेकु, लाजिम्पाट, महाराजगञ्ज चोक, बाँसबारी, बुढानिलकण्ठ, कालोपुल, चावहिल चोक, गौशाला र सिनामंगल लगायतका ठाउँहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको हो।

ताजा समाचार

सम्बन्धित समाचार