Monday, April 28, 2025

खोला प्रदूषित गराएको आरोपमा दुई उद्योग व्यवस्थापक पक्राउ

काठमाडौँ– सिर्सिया खोला प्रदूषित गराएको आरोपमा दुई उद्योग व्यवस्थापक पक्राउ परेका छन्।

पर्सा–बारा औद्योगिक करिडोरस्थित एक छाला उद्योगका चिनियाँ र भारतीय व्यवस्थापक पक्राउ परेका हुन्। उनीहरूलाई बुधबार साँझ उद्योग परिसरबाटै नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा चिनियाँ नागरिक लिउता छुवाङ र भारत घर भई मकवानपुर बस्ने तिनजुङ गुरुङ रहेको जनाइएको छ ।

उद्योगबाट निस्कने रसायनयुक्त पानी खोलामा नफाल्न पटक–पटक आग्रह गर्दा पनि सो कार्य नरोकेकाले उनहिरूलाई पक्राउ गरेको बताइएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको उद्योगविरुद्ध स्थानीयले उजुरी दिएका थिए। लामो समयदेखि खोला प्रदूषणमा जिम्मेवार उद्योग सञ्चालकलाई कारबाहीको माग स्थानीयले गर्दै आएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार