काठमाडौँ– एसियाली विकास बैंकको सहयोगमा मुग्लिनदेखि पोखरासम्म ४ लेनको सडक बन्ने सुनिश्चित भएको छ। यसका लागि एडिबीले २२ अर्ब ऋण दिने भएको छ।
सडकसीमा भित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहित सडक विस्तार गर्नेसम्मका काम जिम्मा पाउनेछ। यो खण्ड विस्तार गर्दा करिब ६ हजार रुख काट्नुपर्ने सरकारी अधिकारीहरूले जनाएका छन्।
आँबुखैरेनीदेखि मुग्लिनसम्मको करिब ८ किलोकिटरको खण्डको भने डिटेल इन्जिनियरिङ रिपोर्ट तयार हुनेछ। यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन गरिएको छ। करिब २ वर्षअघि नै यो परियोजनाको विस्तृत डिजाइन भएको थियो।