पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु

पाकिस्तान– पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तिमा पनि ४६ जनाको मृत्यु भएको छ।

तेज गाम एक्सप्रेसको उक्त रेल कराचीबाट रावलपिण्डीको बीचमा चल्ने गर्छ। रावलपिण्डी तर्फ जाँदै गरेको सयमा उक्त रेलको तीनवटा डिब्बामा आगलागी भएको थियो।

रहीम यार खान जिल्लाका डीपीओ अमीर तैमुर खानका अनुसार आगलागीका कारण ४६ जना मारिएको पुष्टि भएको छ भने अन्य ४२ जना घाइते भएका छन्।

रेल मन्त्रीका अनुसार रेलमा यात्रा गरिरहेका यात्रुले रेलमा खाजा बनाउन थालेको बेलामा ग्यास सिलिन्डल विस्फोट भएर आगलागी भएको थियो। आगो नियन्त्रण गरिएको छ भने घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार