Saturday, August 16, 2025

दुई महिनामा कालगतीले चार वटा गैंडा मरे

काठमाडौँ– चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता चार वटा गैंडा मरेका छन्।

भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा कालगतीले चार वटा गैंडा मरेका हुन।

पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो। बुढो भएर हिडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैंडा मरेको बताइएको छ।

यस अघि असोज २९ गते भरतपुर महानगरपालिका वडा नम्वर २८ को वरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो। त्यस अघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको थियो। ती सबै गैंडा कालगतीले मरेका हुन्।

गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतीका कारण ४१ वटा गैंडा मरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार