काठमाडौँ– जलवायु अभियन्ता ग्रेटा थनवर्गले सन् २०१९ को ’नर्डिक काउन्सिल’को वातावरणीय अवार्ड लिन अस्वीकार गरेकी छन्।
स्विडेनकी थनवर्गले यो पुरस्कारको साटो जलवायु अभियानको खाँचो भएको भन्दै अस्वीकार गरेकी बीबीसीले जनाएको छ ।यो अवार्डमा पाँच लाख स्विडिस क्रोना नगद पुरस्कार समावेश छ।
उनले राजनीतिज्ञ र शक्तिमा रहेका व्यक्तिले अहिले उपलब्ध विज्ञानलाई सुन्न जरुरी रहेको बताएकी छन्।
थनवगले जलवायु परिवर्तन अभियान २०१८ अगष्ट २० गतेदेखि शुरु गरेकी हुन्। उनले स्विडेन संसद अगाडि हरेक शुक्रबार विद्यालय नगई धर्नामा बसेकी थिइन्।
उनको एक्लो आन्दोलनले विश्वभरिका लाखौं जनताहरूलाई जलवायु परिवर्तनबारे लड्ने प्रेरणा दिएको छ।





