काठमाडौँ– देशका पश्चिमी तथा मध्य भूभागहरूमा आंशिकदेखि सामान्य बदली र पूर्वमा भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बुधबार देशको पश्चिमी तथा मध्य भूभागमा र पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ । देशका पश्चिमि भूभाग तथा मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै बिहिबार र शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।