Monday, September 22, 2025

निर्मल पुर्जाको हिमाल आरोहणमा विश्व कीर्तिमान

काठमाडौँ– नेपाली आरोही निर्मल पुर्जाले हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका छन् ।

पुर्जाले सात महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको लगातार आरोण गरे विश्व कीर्तिमान कायम गरेका हुन् ।

बेलायती सेनामा कार्यरत म्याग्दी, अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाले मंगलबार बिहान चीनको तिब्बतमा अवस्थित शीशापाङ्मा हिमालको सफल आरोण गरेसँगै यो कीर्तिमान रचेका हुन् ।

यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले भने करिब ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार