Wednesday, October 23, 2024

तथ्यांकमा वन : ६६ लाख १० हजारमध्ये एक लाख हेक्टर वन क्षेत्र अतिक्रमणमा

काठमाडौं : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले २१ वैशाखमा पत्रकार सम्मेलनको आयोजना गरेर १६ विषयगत क्षेत्रको १ सय वटा कार्ययोजना प्रस्तुत गरे।

मन्त्री बस्नेतले कार्ययोजना प्रस्तुत गर्दै अतिक्रणको चपेटामा परेको वन क्षेत्र खाली गराउने, वैज्ञानिक वन व्यवस्थापनलाई अझ सुदृढ बनाएर लैजाने, वनमा आधारित रोजागारीको सृजना गर्ने रणनीति रहेको बताए।

मन्त्री बस्नेतले वन तथा वातावरण क्षेत्र सुधारका लागि कार्ययोजना प्रस्तुत गर्दा नेपालको वन क्षेत्रको अवस्था कस्तो छ ?

केही महत्वपूर्ण जानकारी तथ्यांकमा हेर्नुस्।

–नेपालको वन क्षेत्र ६६ लाख १० हजार हेक्टर (४४.७४प्रतिशत)

–सामुदायिक वन, कवुलियती वन, साझेदारी वन,मध्यवर्ती सामुदायिक वनमार्फत् करिव २८ समूह गठन । २५ लाख हेक्टरभन्दा बढी वन व्यवस्थापन

–नेपालको कुल भूभागमध्ये २३.३९ प्रतिशत भाग संरक्षित अवधारणामा । जहाँ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, मध्यवर्ती क्षेत्र, संरक्षित क्षेत्र

–सामुदायिक वनको संख्या : १९ हजार ९ सय १६ वटा

–हस्तान्तरण भएको सामुदायिक वनको क्षेत्रफल : १८ लाख ७९ हजार ९ सय ९८ हेक्टर

–सामुदायिक वनबाट लाभान्वित घरधुरी : २५ लाख ४६ हजार ७ सय ६० वटा

–गरीवमुखी कवुलियती वनको संख्या : ७ हजार ४ सय ६३ वटा

–कवुलियती वनको क्षेत्रफल : ४३ हजार ६ सय ३१ हेक्टर

–कवुलियती वनबाट लाभान्वित घरधुरी : ७२ हजार ६ सय ३१

–संरक्षित वनको संख्या : १० वटा

–संरक्षित वनको क्षेत्रफल : १ लाख ९० हजार ८ सय ९ हेक्टर

–साझेदारी वनको संख्या : ३० वटा

–साझेदारी वनको क्षेत्रफल : ७३ हजार ३ सय ६४ हेक्टर

–साझेदारी वनबाट लाभान्वित घरधुरी : ८२ हजार २ सय २५

–साझेदारीबाट लाभान्वित जनसंख्या : ४२ लाख ६२ हजार ५ सय १६

–धार्मिक वनको संख्या : २१ वटा

–धार्मिक वनको क्षेत्रफल : २ हजार ५६ हेक्टर

–निजी वनको संख्या : २ हजार ४ सय ५८ वटा

–निजी वनको क्षेत्रफल : २ हजार ३ सय ६० हेक्टर

–एक लाख हेक्टरभन्दा बढी वन अतिक्रमणको चपेटामा

–बाढीपहिरो, भूस्खलन, नदी कटान,वन पैदावारको चोरी कटानी, डढेला र वन्यजन्तुको अवैध चोरीशिकार

–नेपालमा सःमील र काठको कारोबार सम्बन्धी एकाइहरू २० हजारको हाराहारीमा

–सःमील र काठको कारोबार सम्बन्धी एकाइमा २० अर्ब लगानी । २ लाख व्यक्तिले मासिक रोजगारी पाएको अनुमान ।

–५८ वटा प्लाइउड तथा भेनियर उद्योगमा पनि करिव २० अर्ब लगानी । १६ करीव हजारले मासिक रोजगारी पाएको ।

–नेपालबाट कुल निर्यात हुने वस्तुमा जडिबुटी तथा गैरकाष्ट वन पैदावारको अंश १० प्रतिशत

–नेपालमा करीव ६ हजार खोला/नदीनाला

–६६० जति तालतलैया

–२४२ ठूला तथा मझौला सिमसार क्षेत्र। तीमध्ये १० वटा विश्व रामसार सूचीमा सूचीकृत

–फूल फुल्ने नफुल्ने वनस्पतिका लागि नेपालः विश्वव्यापी रुपमा ३१औं स्थान र एसियामा १०औं स्थान

–जैविक प्रचुरताका आधारमा नेपाल विश्वमा २५औं राष्ट्रको श्रेणीमा

तथ्यांक स्रोत: वन तथा वातावरण मन्त्रालय

ताजा समाचार

सम्बन्धित समाचार