म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक (उद्यान) वनमा गरिएको चियाखेती सफल भएपछि यस वर्षदेखि समुदायले उत्पादन लिने तयारी गरेका छन् । सामुदायिक वनको १० रोपनी क्षेत्रफल जमीनमध्ये चार रोपनी क्षेत्रफलमा परीक्षणको रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य रामबहादुर गुरुङले जानकारी दिए ।
समुद्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ । गौश्वारा गाउँ शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो ।
गौश्वाराको वन क्षेत्रमा साल, सिर्मु, सल्लोलगायतका काठ तथा विभिन्न किसिमका जडिबुटीहरु, एवं जङ्गली जनावर र पक्षी देख्न सकिने स्थानीय परमेश्वर मल्लले बताए ।