Monday, September 22, 2025

विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

सिन्धुपाल्चोक– नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ । आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभिए क्षमताको ट्रान्सफर्मर पूर्णरुपमा जलेको छ ।

अचानक ट्रान्सफर्म ठूलो आवाजका साथ पड्किएको र त्यसपछि सबस्टेशनमा आगोको मुस्लो उठेको सबस्टेशनका कर्मचारी फुर्पासाङ्गे लामाले जानकारी दिए ।

आगलागीपछि नेपाली सेनाको विद्युत् प्राधिकरण सुरक्षा गुल्म, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राधिकरणका कर्मचारी र स्थानीय अगुवाहरु आगो नियन्त्रणमा खटिएपछि झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा आयो । आगलागीपछि नेपाली सेना तत्काल नियन्त्रणमा खटिएको नेपाली सेनाका प्राधिकरण सुरक्षा गुल्मका क्याप्टेन प्रल्हाद केसीले बताए ।

प्राधिकरणका अनुसार जलेको ट्रान्सफर्मर मर्मत हुने÷नहुने यकिन छैन । केबुल र क्वाइनहरु नै जलेका छन्, ३० एमभिए क्षमताको यो ट्रान्सफर्मर पूर्णरुपमा क्षति भएको अनुमान छ ।

ताजा समाचार

सम्बन्धित समाचार