काठमाडौँ– अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीको कारणले नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिन देशभरका पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ। पूर्वी भेगका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टा पुर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।