काठमाडौँ– सहरी सफाइका लागि निजी, सामुदायिक तथा गैरसरकारी संस्थाले गरेको कामको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रशंसा गरेका छन्।
बुधबार त्यस क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रमुख शाक्यलेसहरको सरसफाइका परिचालन भएका जनशक्ति, प्रयोग गर्नुका उपकरण र फोहोर न्युनीकरणका लागि भएका अन्य केही अभ्यासहरू अनुकरणीय रहेको बताएका हुन्।
शाक्यले आजको आवश्यकता सहर सफाइ गर्नु रहेको धारण राखे।
त्यस्तै काठमाडौँ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सफाइका लागि जनता पैसा तिर्न पनि तयार रहेको बताए। ‘सेवा गुणस्तरीय हुनुपर्छ,’ उनले भने।
महानगरले दशैंको दशमीको एकदिन बाहेक सबै दिन फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन गरेको थियो। तिहारमा भाइ टीकाका दिनबाहेक अन्य सबै दिन फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन हुने महानगरले जनाएको छ।