काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावको कारणले नेपालको पुर्वी तथा मध्य भूभागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ।
हाल देशको पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज शुक्रबार देशका मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ। पूर्वी भेगका थोरै स्थानहरूमा साथै मध्य पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै शनिबार र आइतबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महााशाखाले जनाएको छ।
आगामी २४ घण्टा पूर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।