Monday, September 22, 2025

विद्युतीय बस खरीदबारे अन्योलता कायमै

काठमाडौँ– यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने बारेमा सरकारले टुङ्गो लगाएको छैन।

साझाले मन्त्रिपरिषद्को निर्णय अनुरुपको बस खरिद नगरेको भन्दै यातायात मन्त्रालयले पत्र मार्फत उक्त प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो। साझासँग सरकारले सोधपुछ गरे पनि त्यसपछि कुनै निर्णय भएको छैन।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ काठमाडौँमा नभएकाले तत्काल कुनै निर्णय हुन नसकेको मन्त्रालयले जनाएको छ।

तिहारपहिले नै बस खरीद प्रक्रियाका सम्बन्धमा निर्णय गर्ने योजना बनाइएको बताइएको छ। मन्त्रालयले सकेसम्म चाँडो बस ल्याएर सञ्चालन गर्न चाहेको मन्त्रालयको भनाइ छ।

विद्युतीय बस खरीदकै लागि तीनै तहका सरकारले सहकारीको शेयर खरीद गरेका थिए। नेपाल सरकारले तीन अर्ब, प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले दुई करोड ५० लाखको शेयर खरीद गरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार