काठमाडौँ– गत चैत १७ मा बारा र पर्सामा गएको हुण्डरी ‘टोर्नाडो’को गति १८० देखि २६५ किलोमिटर प्रतिघण्टा भएको विज्ञहरूले बताएका छन्। टोर्नाडोबारे प्रतिवेदन तयार गर्न गठन भएको विज्ञ समूहको समिति सो पत्ता लगाएका हुन्।
टोर्नाडोबारे प्रतिवेदन तयार गर्न जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यको अध्यक्षतामा नास्ट र इसिमोडलगायतका संस्थाका ८ विज्ञको समिति गठन भएको थियो । विज्ञहरूले उक्त हुन्डरीलाई ‘घुम्रपात’ नाम दिएका छन्।
विज्ञहरूले त्यस समयको सतही तथा माथिल्लो वायुमण्डलको मौसमी नक्साहरू, हिमावरी–८, भू–उपग्रहबाट लिइएका इन्फ्रारेड तस्बिरहरू, चट्याङ सञ्जालबाट प्राप्त तथ्यांक, मौसम अवलोकन केन्द्रमा रेकर्ड गरिएको वायुको चाप र हावाको गतिको अवस्थाका साथै रेडियोसोन्ड (बेलुन) डाटामा आधारित भएर प्रतिवेदन तयार पारेको बताइएको छ।
घुम्रपातले पर्सा प्रवेश गर्नुअघि चितवन निकुञ्जको वन क्षेत्रमा पनि क्षति पु-याएको प्रतिवेदनमा उल्लेख छ।