काठमाडौँ– चाबहिलबाट चुच्चेपाटी जाने मूल सडककाे छेउमै रहेकाे पूरानाे घर भत्किदा दुई जना घाइते भएका छन्।
बुधबार दिउँसो पुरानो घरलाई भत्काउने क्रममा एक्कासी सबै घर भत्किँदा उक्त स्थानमा काम गर्ने रामबहादुर कुँवर र नजिकैकाे खाजाघरमा काम गर्ने जीवन मगर घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
उनीहरूकाे चाबहिलस्थित दीर्घायु अस्पतालमा उपचार भइरहेको प्रहरीकाे भनाइ छ । उद्धार कार्य जारी रहेको बताइएको छ।