Monday, September 22, 2025

देशभरको मौसममा बदली, उच्च हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अरब सागरको पूर्वी–मध्य भागमा विकशित भएको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावका कारण नेपालको मौसममा बदली भाएको बताएको छ।

महाशाखाका अनुसार आज बुधबार देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै बिहिबार र शुक्रबार देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेकोले ति स्थानहरूमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार