Monday, September 22, 2025

रत्ननगरको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

चितवन– रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम शुरु गरेको छ। फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो।

फोहर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्कालीमाई उद्योग प्रालि काठमाडौँसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको बताइएको छ । प्रालिले यही कात्तिक १ गतेबाट फोहर सङ्कलनको काम शुरु गरेको छ। सो कम्पनीले वार्षिक १० लाख ६६ हजार नगरपालिकालाई बुझाउने गरी फोहर सङ्कलनको जिम्मेवारी दिइएको हो।

रत्ननगरमा दैनिक करीब २५ टन फोहर सङ्कलन हुन्छ। नगरपालिकाले सङ्कलित फोहर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ । फोहरलाई वर्गीकरण गर्ने, सड्ने र नसड्ने फोहर छुट्याएर सड्ने फोहरबाट प्राङ्गारिक मल र नसड्ने फोहर पुनः प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ। रत्ननगरमा सरसफाइ शुल्कवापत वार्षिक २२ लाख सङ्कलन हुने र फोहर सङ्कलनका लागि करीब रु एक करोड खर्च हुँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार