Monday, September 22, 2025

ब्राजिलमा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

ब्राजिल– ब्राजिलको बेलो हरिजोन्ट शहरमा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

इल्हेअस शहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो। यसै वर्ष ब्राजिलको यही क्षेत्रको सडकमा दुई वटा विमान दुर्घटना भइसकेको बताइएको छ।

सानो आकारको सो विमानको इन्जिनमा समस्या आएपछि दुर्घटना भएको अनुमान गरिएको छ। आवासीय क्षेत्रको सडकमा हवाई जहाज खस्दा गुडिरहेका तीनवटा गाडीहरूमा पनि क्षति पुगेको बीबीसीले जनाएको छ। जमिनमा खसेपछि विमानमा आगो लागेको थियो। सो हवाइजहाजमा एक चालक र तीन यात्रु थिए।

ताजा समाचार

सम्बन्धित समाचार