Monday, September 22, 2025

चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग

दमौली– तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ।

चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा गर्न नसकिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक र स्थानीयवासीको पहलमा पनि चितुवा नियन्त्रण सम्भव नभएपछि डिभिजन वन कार्यालयले विशेष सुरक्षा दस्ता खटाउन अनुरोध गरेबमोजिम गृह मन्त्रालयमा सिफारिश गरिएको बताइएको छ।

खाने आहारा जङ्गलमा पाउन छाडेपछि बस्तीनजिकै आहाराको खोजीमा आउने गरेकाले चितुवाले बालबालिकामाथि आक्रमण गर्ने गरेको छ।

चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा सो नगरपालिकाका वडा नं १, २, ३ र ४ का पाँच बालबालिकाको मृत्यु भइसकेको छ भने चार जना घाइते भएका छन्।

चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते वडा नं ३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते वडा नं ४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते वडा नं २ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते वडा नं २ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार