Monday, September 22, 2025

सुरुङमार्गको शिलान्याससँगै पूर्वाधार विकासमा नयाँ युगः प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग निर्माणको शिलान्याससँगै नेपाल विकास निर्माणमा प्रविधिका हिसाबले नयाँ उचाइमा उठेको बताएका छन्।

चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सडक यातायातमा उपयोग हुने नेपालकै पहिलो सुरुङमार्ग शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले नयाँ प्रविधिका साथ अर्को फड्को मारिएको बताए।

‘टोखाबाट छहरे र बेत्रावतीबाट स्याफ्रुबेंसीलगायत सुरुङमार्ग पनि अध्ययनका क्रममा छन्, अब सुरुङमार्ग निर्माणको युग शुरु भएको छ, कहाँकहाँ सुरुङमार्ग निर्माण गर्न सकिन्छ भनी सम्भाव्यता अध्ययन भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने।

द्रुतमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्गलगायत पूर्वाधार निर्माण एवं स्तरोन्नतिपछि समृद्धिको यात्रामा सहयोग पुग्ने उनको विचार थियो । गत वर्षमात्र एक हजार ६०० किमी सडक कालोपत्र र २४३ पक्की पुल निर्माण भएको प्रधानमन्त्री ओलीले सुनाए ।

नेपाली निर्माण कम्पनीले काम गर्दा ढिलाइ भएजस्तो मित्रराष्ट्रका कम्पनीले गरेका काममा नहुने उनको विश्वास थियो। नेपाल पर्यटन वर्षअगावै नागढुङ्गा–कलङ्की सडक बनाइसक्न पनि प्रधानमन्त्री ओलीले सरोकार भएका निकायसँग आग्रह गरे ।

ताजा समाचार

सम्बन्धित समाचार