Monday, September 22, 2025

प्रधानमन्त्रीद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास

काठमाडौँ– सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गरेका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो।

यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले १६ अर्ब सहयोग गर्ने र छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । साढे ३ वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सुरुङमार्ग लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो ।

शिलान्यासमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, जिल्लाका सांसद, नेपालका लागि जापानका राजदूत, जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधि, सडक विभागका प्रतिनिधि, परामर्स पदाधिकारिलगायत उच्च पदाधिकारिको सहभागिता रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार