काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण गराउँदै ठूलो आवाज बनाएर मोटरसाइकल चलाउने चालकलाई कारवाही गर्ने भएको छ।
ठूलो आवाज बनाएर गुडाउने, गाडीको स्वरुप परिवर्तन गर्ने, लापरवाही रुपमा चलाउनेलाई कारवाही गर्ने अभियान थालिएको महाशाखाले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम उक्त कार्य कानून विपरीत भएको उल्लेख गर्दै आज एक सूचनामार्फत यस्ता गतिविधि नगर्न महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ।
महाशाखाले मापसे गरेर सवारी चलाउने, लेन मिच्ने तथा अन्य ट्राफिक नियम उल्लङ्गन गर्ने विरुद्ध कारवाही गर्ने अभियान भने जारी रहेको जनाएको छ।