नेपालगञ्ज– बाँकेको नेपाल–भारत सीमाना बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार विज्ञप्तिमार्फत आइतबार साँझ ६ बजेदेखि सोमबार साँझ ६ बजेसम्मका लागि सीमानाका बन्द गरिएको सूचना जारी गरेको छ।
भारत उत्तर प्रदेशको बहराइच जिल्लामा सोमबार हुन लागेको विधान सभाको उपनिर्वाचनका कारण सीमानाका बन्द गरिएको बताइएको छ। उपनिर्वाचनको मतदान सोमबार साँझ ६ः०० बजे सकिएपछि नाका सुचारु हुन जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।