Monday, September 22, 2025

लिचीको बिरुवा रोपेर प्रधानसेनापतिले गरे वृक्षरोपणको उद्घाटन

झापा- प्रधानसेनापति पूर्णचन्द्र थापाले झापाको कमल गाउँपालिका–५ मा रहेको सेनाको २१ नम्बर बाहिनी परिसरमा आइतबार लिचीको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको उद्घाटन गरेका छन्।

प्रधान सेनापति कमाण्डमार्ग निर्देशन–२०७५ को लक्ष्यअनुसार ‘एक सैनिक एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत विभिन्न जातका फलफूलका बिरुवा बाहिनी परिसरमा रोपिएका छन्। कार्यक्रममा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले सरकारले प्रदेशमा ४० लाख फलफूलसहित विभिन्न जातका बिरुवा रोपण गर्ने कार्यक्रम बनाएको जानकारी दिए।

बाहिनी परिसरमा एक हजार ४०० आँप, ८०० लिची, ७०० कटहर, १०० नरिवल, एक हजार ५०० सुपारी, १०० एभोकाडो, ५०० केरालगायतका फलफूलका बिरुवा रोपिने भएको हो। एक हजार बिरुवा डिभिजन वन कार्यालयले प्रदान गरेको र बाँकी बाहिनीले नै खरीद गरेर रोपिने छन्।

ताजा समाचार

सम्बन्धित समाचार