Monday, September 22, 2025

संरक्षित ध्वाँसे चितुवाको छालासहित एक पक्राउ

काठमाडौँ– संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला र सालकको खपेटासहित प्रहरीले एक जनालाई बिहिबार पक्राउ गरेको छ।

अपराध महाशाखाको विशेष प्रहरी टोलीले सन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा नं.-१३ घर भएको वर्ष २१ को रोशन राना मगरलाई पक्राउ गरेको हो।  उनी कोटेश्वर भाटभटेनीबाट पक्राउ परेका हुुन्।

संरक्षित ध्वाँसे चितुवाको छाला १ थान र दुर्लभ वन्यजन्तु सालकको खपेटा २.४ के.जी.समेत पक्राउ गरी मगरलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार