Wednesday, November 20, 2024

दुर्लभ वन्यजन्तु पाटे बाघको छाला सहित २ जना पक्राउ

काठमाडौँ –प्रहरीले दुर्लभ वन्यजन्तु पाटे बाघको छाला २ थान सहित २ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौँ महानगरपालिका– २७ ज्याठाबाट बिहीबार राति  पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका १५ ठूलो भर्‍याङ बस्ने धादिङ सिद्धलेख गाउँपालिका४ का २३ वर्षीय शरण थापामगर र काठमाडौं नागार्जुन स्यूचाटार बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका३ का ४१ वर्षीय राम तामाङ रहेका छन्।

उक्त ठाउँमा दुर्लभ वन्यजन्तुको छाला सञ्चय गरी बिक्री वितरणको लागि ओसार पसार गरिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले बा४२प ९८६४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको बोराभित्र लुकाईराखेको अवस्थामा छाला सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार