Monday, September 22, 2025

सीको भ्रमणमा काठमाडौँलाई चिटिक्क पार्ने कर्मचारीलाई प्रधानमन्त्रीको धन्यवाद

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सहरको सफाइमा गरेको कामको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन्।

असोज २५ र २६ गते चीनका राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा सहरको सरसफाइमा कामपाका कर्मचारीले गरेको कामको प्रशंसा गर्दै प्रधानमन्त्रीले धन्यवाद दिए।

सो धन्यवादको सन्देश महानगरका प्रमुख प्रशाकीय अधिकृत केदार न्यौपानेले सफाइका कर्मचारीसम्म पुर्‍याएका हुन्।

प्रधानमन्त्रीलाई उधृत गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘तीनकुनेका गरेको काम नक्कली थिएन। त्यो सक्कली हो भनेर प्रमाणित गर्नुपर्छ। राष्ट्रपतिले प्रयोग गर्नुभएको सडक त्यस समयमा जस्तो थियो त्यस्तै कायम राख्नु पर्छ।’

राष्ट्रपति आउँदा जे काम भएको थियो त्यो कामलाई निरन्तरता दिँदै अब टेकु ट्रान्सफर स्टेशनको फोहोर खाली गराउनु पर्ने धारण व्यक्त गरे।

महानगरपालिकाको वडा ३२ मा पर्ने कोटेश्वर क्षेत्रको तीनकुने क्षेत्रको करिव ५३ रोपनी जग्गाको वरिपरि माटोको ढिस्को उठाएर त्यहाँ बोटविरुवादु दुवो तथा घाँस रोपिएको थियो। खाली ठाउँको वरिपरि करीब ९०० मि. लम्वाई क्षेत्रमा ६४१ वटा विरुवा रोपिएका छन्। त्यहाँको करीब ९ हजार वर्ग फिट क्षेत्रमा हरियो दुबो रोपिएको छ।

राष्ट्रपति जिनपिङ भ्रमणका क्रममा राष्ट्रपति आवतजावत गर्ने सडक बढार्न कर्मचारी आफैं पनि खटेका थिए भने ब्रमुरको पनि प्रयोग गरिएको थियो। त्यस्तै सडकमा बाँकी रहेको धुलो पखाल्न जेट मेसिन र ट्याङ्करको प्रयोग गरिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार