जावलाखेलमा फूलैफूलको मेला(फोटो फिचर)

काठमाडौँ – फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा गोदावरी फूलको विकास, विस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्यले १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएकाे छ।

ललितपुरको जावलाखेलको खेल मैदानमा आयोजित उक्त प्रदर्शनी कार्तिक १ देखि ४ गतेसम्म चल्ने आयोजकको भनाइ छ। प्रदर्शनी प्रतियोगितात्मक भएकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई प्रथम, द्वितीय तथा तृतिय हुने नर्सरी व्यवसायीलाई शिल्ड, प्रमाण पत्र तथा नगदद्वारा पुरस्कृत गरिने आयोकले जनाएको छ।

उक्त चार दिने गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विभिन्न नर्सरीहरुद्वारा उत्पादित गोदावरी फूलका साथै अन्य फूल बिरुवाको बिक्री वितरण समेत गरिने छ। उक्त प्रदर्शनीको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले उद्घाटन गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार